१६ चैत्र २०८०, शुक्रबार
Header

बीरंगजका व्यवसायी महानगरको करबृद्धि विरुद्ध भोलीदेखि सडकमा


प्रकाशित: शनिबार, १२ साउन २०७५, १८ः५६ बजे
- महानगरखबर

काठमाडौं । वीरगंज महानगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ का लागि निर्धाधरण गरेको करमा अध्याधिक बृद्धि गरेको भन्दै आईतबारदेखि चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

 
वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न व्यवसायीक संघसंस्था आन्दोलनमा उत्रने शनिबार आयोजित पत्रकार सम्मेलनमा बताएको हो । 


महानगरपालिकाले दश गुनासम्म गरेको करको दर वृद्धिको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । 


कर वृद्धिको विरोधमा भोलिदेखि चरणवद्ध आन्दोलन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने,  “नयाँ करको दर जनताको पक्षमा नरहेको र विगतमा नेपाल सरकारले खारेज गरिसकेको चुङ्गीकर, सवारी कर लाई फेरि ब्यूँताइ महगाइँ बढाउने काम गरेको भन्दै कर बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD