७ बैशाख २०८१, शुक्रबार
Header

बीमा कम्पनीका जागिरको अवसर, ३८ जना कर्मचारी माग


प्रकाशित: शुक्रबार, ८ भाद्र २०७५, १०ः३८ बजे
- महानगरखबर

काठमाडौं । बीमा कम्पनीका काम गर्न चाहनेह?को लागि राष्ट्रिय बीमा कम्पनीले जागिरको अवसर दिने भएको छ । 


कम्पनीले साहयक स्तरदेखि व्यवस्पापक सम्मको लागि ३८ पदको विज्ञापन खुलाएको छ । खुला प्रतिस्पर्धाबाट चार तहदेखि नौं तहसम्मको लागि खुला तथा समावेशी समुह अन्तर्गत पदपुर्ति गर्ने भएको छ । 


शैक्षिक योग्यता र अनुभवलाई आधार बनाएर खुलाएको विभिन्न पद अन्तर्गत नौ तहको लागि एक महिला र एक पु?षको माग गरेको छ । यसको लागि स्नात्तोकर गरी कम्पतीमा ७ बर्षको कार्य अनुभाव माग गरिएको छ ।

 
त्यसैगरी, नवौं तहको व्यवस्थापक पदमा पनि एक जना महिला र एक जना पु?ष माग गरेको छ जसको लागि शैक्षिक योग्यता स्नातकोत्तर अधिकृत स्तरमा ७ वर्ष काम गरेको अनुभव माग गरेको छ । 


साथै ८ औं तहको सह–व्यवस्थापकमा ४ जना माग गरिएको छ । यस पदको लागि स्नात्तोकर शैक्षिक योग्यताका साथै न्युनतम ५ वर्ष काम गरेको अनुभव हुनु पर्छ । 


७ औं तहमा ब्यवस्थापकमा दुई जना र नायव व्यवस्थापकमा एक जना चार्टड एकाउण्टेन र एक जना कम्प्युटर इन्जिनियर माग गरेको छ । 


७ औं तहकै नायव व्यवस्थापक पदका लागि एक जना चार्टर्ड एकाउण्टेड र एक जना कम्प्युटर इन्जिनियर माग गरिएको छ । कम्प्युटर इन्जिनियरको हकमा स्नातक गरि कम्तिमा ४ वर्षको कार्य अनुभवको माग गरेको छ ।

 
त्यसैगरी छैठौं तहको सहायक व्यवस्थापकको लागि १० जनाको विज्ञापन माग गरेको छ । यसको लागि तोकिएका विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ । ५औं तहको सहायक  पदको लागि ५ जना माग गरिएको छ । यसको लागि तोकिएको विषयमा स्नातक गरेको हुनु पर्नेछ । सहायक खुल्ला पदको लागि ११ जना लेखा वा सुचना प्रविधिमा प्लस टु गरेको हुनु पर्छ । त्यस्तै यसै तहमा दुई जना जेटिए प्राविधक माग गरिएको छ ।


सहायक खुल्ला स्तरमा नै एक जना पशु प्रविधिक र एक जना कृषि प्राविधिक माग गरिएको छ ।  


अधिकृत स्तरको पदका लागि २१ देखि ३५ वर्ष समुहकाले आवदेन दिन सक्नेछन । योग्यता पुगेका इच्छुक आवेदकले कम्पनीको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD