१३ भाद्र २०८३, शनिबार
Header

बिहेनगरी पनि सन्तान जन्माउन पाईने !


प्रकाशित: बुधबार, २ जेष्ठ २०७५, १०ः४० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । बिहे नगरे पनि सन्तान जन्माउन कानुन बन्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हकमा सो व्यवस्था गर्न मस्यौदा पेश गरेको छ । 


मस्यौदामा प्रत्येक महिला गर्भवति हुने वा नहुने र गर्भवती भएको भए सन्तान जन्माउने वा नजन्माउने तथा सन्तान कति जन्माउने संख्या निर्धारण गर्न सक्ने अधिकार उल्लेख गरिएको छ । 


साथै मस्यौदामा सो बन्ने ऐनको विरुद्ध कसैले गरे वा गराउने व्यक्ति वा संस्थालाई एक लाख जरिवाना र ६ महिनासम्म जेल सजाय हुने व्यवस्था गरेको छ ।

 
मस्यौदाले कानुनी रुप पाएपछि पश्चिमा मुलुकमा झैं नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ ।

 
संसारभरका महिला अधिकारकर्मीले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो– ‘आफ्नो शरीर, आफ्नै हक’ । यही मुद्दाले यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ ।


महिला–पुरुषबीचको समानतालाई अब आउने कानुनले पुष्टि गर्न सहयोग मिल्ने महिला अधिकारकर्मीले वताएका छन् ।

 
महिला अधिकारकर्मीले सरकारले बनाउन लागेको मस्यौदा लैंगिक समानता गर्ने दिशामा नेपालको अग्रगामी कदम भन्दै त्यसको स्वागत गरेका छन ।

 
यो व्यवस्थाले शहरमा केही सहज भएपनि गाउँका आम महिलालाई जानकारी दिन र समाज बदल्न भने चुनौती भने रहेको अधिकार्मी महिलाहरुको भनाई छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex