१५ चैत्र २०८०, बिहिबार
Header

बिहिवारदेखि व्यापार व्यवसाय पूर्ण रुपम खुला, जोर–विजोर कायमै


प्रकाशित: बुधवार, ३१ भाद्र २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा विहिवारदेखि व्यवापर– व्यवसाय पूर्ण रुपमा खुला गरिने भएको छ । 


यस अघि २४ भदौमा उपत्यकामा बार अनुसार पसलहरु खोल्ने व्यवस्था गरिएको थियो । 


काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्धारा जारी आदेश अनुसार बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको हो । सवारी साधानको हकमा भने लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको छ । 


जारी सुचना अनुसार खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ । त्यसैगरी जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ । मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन । 


बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।


सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने भनिएको छ ।



सुचना 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD