काठमाडौं । विहानै शुक्रबार सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुुम्बुले जनाएको छ ।
सल्यानको नेचाबाट पतलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरमा बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएपनि जिपमा रहेकी शवकुमारी यादवको मात्र पहिचान भएको प्रहरीले जनाएको छ ।
अन्य मृतकको पहिचानको लागि प्रहरीले खोजविन जारी राखको छ । एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम लगिएको छ ।
सो दुर्घट्ना विवरण पुर्ण विवरण भने प्राप्त हुन सकेको छैन । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ ।
Categorized in समाज