काठमाडौं । आज बिहान काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक विपरित दिशाबाट आईरहेको माईक्रो चितवनको पानधारमा एक अर्कामा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौ तर्फ गईरहेको माईक्रोबस चितवन जिल्लाको चुम्लिङटार पानीधारामामा ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७६९२ नम्बरको माइक्रो बस आपसमा जुधेका थिए ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घट्नामा परी मृत्यु हुनेहरुमा २ महिला र एक पुरुष रहेका छन् । उनीहरुको हालसम्म सनाखत हुन सकेको छैन ।
घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याएदै गरेको प्रहरीले बताएको छ ।
ट्रक सडकबाट ५० मिटर तल त्रिशुलीको बगरमा खसेको छ ।
Categorized in समाज