३१ श्रावण २०८३, आइतबार
Header

बिषाक्त रक्सीको कारण मलेसियामा थप २ को मृत्यु, तीनको अवस्था गम्भीर


प्रकाशित: मंगलबार, ९ भाद्र २०७५, ०७ः०० बजे
- महानगरखबर

काठमाडौं । मलेशियामा विषाक्त रक्सीको कारण मलेसियामा उपचारथ थप २ को मृत्यु भएको छ । 


मलेसियास्थित नेपाली दूतवासाले सोमबार जनाएका अनुसार मृत्यु हुनेहरुमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको छ । 


दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 


यस अघि ७ जनाको मृत्यु भईसकेको छ भने यो सँगै अब मृत्यु हुनेको संख्या ९ पुग्यो । 


यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ । 


विषाक्त मदिरा सेवनबाट १७ नेपाली गम्भीर बिरामी परेका थिए । 


अस्पतालमा उपचारर्थ  १० जनामध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex