२६ बैशाख २०८१, बुधबार
Header

बिराटनगरको प्राईम सहरकारीमा करौडौ ठगी गर्ने ३ जना जेल चलान


प्रकाशित: बुधवार, २० भाद्र २०७५, २१ः२७ बजे
- महानगरखबर

काठमाडौं । प्राईम बचत तथा ऋण सहकारीमा सर्वसाधरणको बचत रकम करिब ४ करोड ठगी गरेको भन्दै जिल्ला अदालत मोरङले ३ जनालाइृ जेल चलान गरिएको छ । 


जिल्ला अदालतका न्यायाधीश दीपक खनालको एकल इजलास ले विराटनगर–९ बाटारोडस्थित प्राइम सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिब ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 


मुलुकी ऐनको अदालती बन्दोबस्तीको ११८ को २ बमोजिम उनीहरुलाई थुनामा राख्न आदेश दिएको जिल्ला श्रेस्तेदार नवराज दुलालले बताए । 


सहकारी रकम ठगी गर्ने १२ जनाविरुद्ध दिएको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरी कार्वाही गरिएपनि बाँकी ९ जना फरार रहेका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD