४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बिमेस्टक सम्मेलनका लागि २ दिन स्कुल र कलेजलाई विदा


प्रकाशित: मंगलबार, १२ भाद्र २०७५, २०ः३४ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा हुन गईरहेको चौथो विम्स्टेक सम्मेलनको लागि उपत्यकाभित्र स्कुल तथा कलेजलाई २ दिन विदा दिएको छ । 


भाद्र १४ गते विहिबार र १५ गते शुक्रबार शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गृहमन्त्रालयले गरेको छ । 


मंगलबार गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय पनि सार्वजनिक विदा भने दिएको छैन । 


सम्मेलनलाई लक्षित गरी बुधवार, विहिबार र शुक्रबार सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार संचालन गर्नुपर्नेछ । १३ र १५ गते विजोर गाडी चल्न पाउनेछन भने १४ गते जोर नम्बरका गाडी मात्र चल्नेछ । 


अत्यावश्यक सेवा र प्रेसका लागि भने जोर विजोर नियम लागू हुनेछैन । राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex