१३ बैशाख २०८१, बिहिबार
Header

बिभिन्न बहानामा काठमाडौंको सडक, गल्लीमा निस्किए पक्राउ


प्रकाशित: शुक्रवार, २ जेठ २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । विभिन्न वहानमा काठमाडौंको मुल सडक तथा गल्लीहरुमा निस्कनेलाई पक्राउ गरिने भएको छ ।


जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति लिएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या लकडाउन कार्यान्वयमा थप कडाइ गरिने भएको हो । 


शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको हो । 


यस अघि प्रशासनले जारी गरेको सबै ई–पास र पहेँलो रङको पास खारेज गर्दै अब जारी हुने पास नीलो रङको हुने भनिएको छ ।


प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने जनाएको छ । 


एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD