काठमाडौं । नेत्र विक्रम चन्द ‘बिप्लव’ नेतृत्व माओवादीको बन्दले आज देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा पहिला भन्दा बढि बन्दको प्रभाव देखिएको छ । उपत्यकामा विहानैदेखि सडक सुनसान देखिएको छ ।
केही निजी गाडी, स्कुटर तथा मोटरसाईकल फाटफुट चलेपनि पसल, शैक्षिक संस्थाहरु बन्द देखिएको छ ।
बन्दको कारण आजको जनजीवन भने प्रभावित बन्न पुगेको छ । मानिसहरु आफ्नो गन्तव्यमा पुग्नका लागि अप्ठेरोमा परेको देखिएको छ ।
आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प रहेको ट्राफिक प्रहरीले बताएको छ ।
बन्दको प्रभाव देशका पोखरा, विराटनगर, वीरगञ्ज लागयायका मुख्य सहरहरुमा पनि परेको छ । सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्द देखिएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार, ललितपुरको जावालाखेल मैदानमा शंकास्पद बस्तु भेटिएको भने पनि ती बम नभएको डिस्पोजल टोलीले पुष्टि गरेको छ ।
विप्लव माओवादले असरा ५ गते आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको प्रेस विज्ञप्ती जारी गरेर बताएको छ ।
सो हत्या प्रकरण यतिखेर राष्ट्रिय राजनीतिमा चर्चाको विषयसँगै चौतर्फी विरोध भईरहेको छ ।
Categorized in राष्ट्रिय