१४ बैशाख २०८१, शुक्रबार
Header

बिजुली टयाक्सी पनि दर्ता हुने, यस्तो छ मापदण्ड


प्रकाशित: शुक्रवार, ६ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय ट्याक्सीको दर्ता प्रक्रिया सुरु गरेको छ । 


विभागले बिजुली टयाक्सी दर्ता हुनको लागि विभिन्न मापदण्डहरु समेत तय गरेको छ । मापदण्ड अनुसार ट्याक्सी इलेक्ट्रोनिक सेडान कार हुनुपर्नेछ । 


ब्याट्री लिथियम हुनुपर्नेछ । मोटर पावर न्यूनतम ४० किलोवाट क्षमताको हुनुपर्नेछ भने सेन्ट्रल लकिङ सिस्टम, एसी हिटर, डिजिटल मिटरसँगै प्रिन्टर, जिपिएस ट्रयाकिङ सिस्टम एलइडी स्क्रिन हुनुपर्नेछ ।


बिजुली टयाक्सी नयाँ दर्ता नभई पुरानो गाडी रिप्लेस गर्दा दर्ता गर्न पाईने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।


अब ट्याक्सी रिप्लेस गर्दा यो मापदण्ड अनुसार बिजुली ट्याक्सी ल्याउन पाइने विभागले जनाएको छ । 


हाल उपत्यकामा करिब ९ हजार ट्याक्सी सञ्चालनमा छन । योसँगै विभागले पेट्रोल ट्याक्सीको मापदण्ड पनि अपग्रेड गरेको छ ।


नयाँ मापदण्डअनुसार पेट्रोल ट्याक्सी ल्याउँदा कम्तीमा १ हजार २ सय सिसीभन्दा माथिको ४ स्ट्रोक सेडान कार हुनुपर्नेछ ।


कारमा ३ वा सोभन्दा धेरै सिलिन्डर हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD