२६ बैशाख २०८१, बुधबार
Header

बालेन साहमाथि एक अर्ब खाएको आरोप लगाउने निलम्बित कर्मचारीविरुद्ध मुद्दा दायर


प्रकाशित: बुधवार, २१ चैत्र २०८०, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाकाका प्रमुख बालेन्द्र साह (बालेन शाह) लाई एक अर्ब रुपैयाँ खाएको आरोप लगाउने निलम्बित कर्मचारी विरुद्ध साईवर मुद्दा चलाइएको छ ।


महानगरको स्वास्थ्य विभागमा कार्यरत निलम्बित कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध साइबर अर्थात विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्धा दायर गरेका हो । 


पौडेलले फेसबुकमा मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरुले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्ने उल्लेख गर्दै यो नगरबासीले तिरेको कर भएको लेखेका थिए । 


यसरी झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।


पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनी १६ पुस २०८० मा निलम्बनमा परेका थिए ।


पौडेल फरार रहेकाले नभेटिएको भन्दै उनलाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD