काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन ।
उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन
मेयर शाहले राजीनामा दिएसँगै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उपमेयर सुनिता डंगोलले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन । ऐनमा मेयर पद रिक्त भएमा उपमेयरले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।
बालेन शाहको राजीनामा पत्रः

राजीनामापछि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय पुुगी वरिष्ठ नेताको पदभार ग्रहण गरेका छन ।
रास्वपामा प्रवेश गरेर बालेन शाहले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन ।
Categorized in पालिका