७ भाद्र २०८३, आइतबार
Header

बालेन धमाधम बैकल्पिक शक्तिका नेताहरुसँग भेटदै, बाबुराम पनि पुुगे


प्रकाशित: विहिवार, १० पुस २०८२, १६ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आज विभिन्न पार्टीका नेताहरुसँग भेटघाटलाई तिव्र बनाएको छ । 


भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेनविच वान टु वान वर्ता सकिएको छ । 


ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको वार्ताबारे ठोस के भनेर खुलाएको छैन । 


तर सञ्चारकर्मीले ‘वार्ता के भयो ?’ भनेर सोध्दा लामिछानेले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’। उनले भेटको विस्तृत विवरण भने सार्वजनिक गरेनन । 


त्यसपछि सञ्चारकर्मीले ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ भन्दै अर्को प्रश्न गर्दा लामिछानेले छोटो जवाफ दिँदै भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’


यसैविच पूर्व प्रधानमन्त्री समेत रहेको डा. बाबुराम भट्टराई यतिखेर बालेनसँग भेटवार्ताको लागि ज्वागल पुुगेका छन । 


यस अघि पनि उनले पेशाकर्मी, पत्रकार, जेनजी नेतृ रक्षा बम लगायतका भेटवार्ता गरिसकेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex