४ जेठ २०८१, शुक्रबार
Header

बालेनसहित वडा अध्यक्ष रामजी र नगर प्रहरी प्रमुख पाण्डेलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


प्रकाशित: शुक्रवार, १ असार २०८०, १६ः०० बज
- महानगरखबर

काठमाडौं । नक्सा पास नगरी विमानस्थलको निषेधित क्षेत्रभित्र निमार्ण भईरहेको भवन काठमाडौं महानगरपालिकाले रोकेपछि नेपाल नागरिक नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमुख बालेन्द्र साह बालेनलाई स्पष्टीकरण सोधेको छ । 


प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सो समयभित्र लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ ।


वालेनसँगै कामपा ९ का वडा अध्यक्ष रामजी भण्डारी र नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि स्पष्टीकरण सोधिएको छ । 


प्राधिकरणले काठमाडौं–९ मा रहेको आफ्नो जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरीको टोलीले निर्माण रोकेपछि प्राधिरकणले भवन बानाइरहेको क्षेत्रमा लगाएको तारबार हटाएको थियो ।


प्राधिकरणका अनुसार निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी समेत नदिएको र कर्मचारीले काम नरोक्न आग्रह गर्दा लिखित पत्र र आधिारिक जानकारी माग गर्दा नगर प्रभमुखको आदेश बमोजिम भन्दै रोकेको थियो । 


सो कार्यमा तार काटेर फेन्सिङ लैजाने कार्यमा मेयर बालेन पनि प्रत्यक्ष संलग्न रहेको भन्दै प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ । यसअनुासर कारवाही भएमा मेयर बालेनलाई ५० हजारसम्म जरिवना पर्नसक्छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD