१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बालेनसहित नगर प्रहरी प्रमुखविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर


प्रकाशित: विहिवार, ३ जेठ २०८१, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन ।


उनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध पनि अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर गरेको हो। 


सम्पादक पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै प्रमुख बालेन र  नगर प्रहरी प्रमुख शाह र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध कुटपिट र लुटपाटको फिराद दर्ता गराएका हुन ।


सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले अदालतमा निवेदन दिएका हुन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex