२८ बैशाख २०८१, शुक्रबार
Header

बालेनले पेश गरे प्रगति विवरण तथा आ.व. २०८०/८१ का लागि नीति तथा कार्यक्रम (पूर्ण पाठ )


प्रकाशित: बुधवार, ६ असार २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) एक बर्षभित्र गरेका कार्य प्रगति विवरणसहित आ.व. २०८०/०८१ लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । 


बुधवार राष्ट्रिय सभागृहमा महानगरको १३ औं अधिवेशनमा प्रमुख बालेनले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको बताएका छन । 


शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने क्रममा २५ वटा नयाँ पार्कको निर्माण भएको उल्लेख गरेका छन । 


उनले सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको तथा ४२ कि।मी। सडक कालोपत्रे, ७ कि.मी. नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण  भएका जानकारी दिए । 


सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको र पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको उनले बताए । 


३० ट्रक अव्यवस्थित तार व्यवस्थापन, ३० हजार ४०७ जनालाई कल सेन्टरमार्फत गुनासो टिपिएकोमा १ हजार ६५२ जनाको गुनासो समाधान,  ७ हजार ६ सय व्यक्तिलाई निःशुल्क कानुनी परामर्श सेवा महानगरले उपलव्ध गराएको प्रमुख साहले सुनाए ।  


स्वास्थ्य र शिक्षालाई पहुँचयुक्त बनाउन प्रचलित कानुनलाई कार्यान्वयन गराएर लक्षित बर्गमा सेवा लगिएको, विद्युतीय नक्सा पास प्रणालीलाई डिजिटल सिग्नेचरसहित पूर्ण अनलाइन गरिएको, राजस्व भुक्तानी प्रणालीलाई प्रयोगकर्तामैत्री बनाइएको छ । 


घोषणापत्रमा ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ दीर्घकालीन सोचका साथ ‘एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन लगायत विषय समेटिएका छन । 


कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन ।       


वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ् गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ बर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय हुन । 


नीति तथा कार्यक्रममा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौँ’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस बर्षको कार्यनीतिमा समेटिएका छन । 


यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीति छन । 


त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका सांसदहरूले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बताएका छन । 


नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख बालेनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रको योजना छनोट गर्दा महानगरको सहमति नलिए कार्यान्वयन नहुने उल्लेख गरे ।  

 


पूर्ण पाठ 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD