५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बालेनलाई सच्चिन सुमन सायमीको आग्रह 


प्रकाशित: आईतवार, १५ माघ २०७९, १८ः३० बजे
- महानगरखवर


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)लाई अभियान्ता तथा पूर्व स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमीले अनाधिकृत डोजर कारवाही रोक्न आग्रह गरेका छन । 


सायमीले प्रमुख बालेनलाई समयमै सच्चिन आग्रह गर्दै नभए जनताले यसको जवाफ दिने चेतावनी समेत दिएका छन ।


काठमाडौं महानगर र वरपरको नगरहरुले गरेको अनाधिकृत डोजर कारवाहीविरुद्ध आईतवार माईतघर मण्डलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सायमीले भने, ‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन् । पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं’ उनले भने, ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहदनौं ।’


सायमीले मेयर बालेन समयमै नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको बताए ।


उनले भने, ‘यदि उहाँ सच्चिनुभएन भने सच्याउने अधिकार हामीसँग छ । जनताले त्यहाँ पु¥याएको भन्ने महसुस गर्नुर्पयो । जनचाहना विपरीत गएपछि त्यहाँबाट ओराल्ने अधिकार जनतासँग छ ।’


उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजनमा मण्डलमा महानगरको डोजर कारवाहीविरुद्ध प्रदर्शन भएको हो ।


संघर्ष समितिका संयोजक समेत रहेका सामयीले आफूले गैरन्यायिक सडक विस्तार विरुद्ध न्यायको पक्षमा सरकारसँग लडेको १० बर्ष भईसेको छ, यसमा तपाईहरुले सधै साथ दिनभएको छ भन्दै उनले भने,‘ जुन गैर कानुनी रुपमा, गैर संवैधानिक रुपमा, मानवअधिकार हनन गरेर, जुन किसिमले शंखमुलको घट्नाबाट सुरु भयो साहेल सिंहको निजी सम्पती, पैत्रिक सम्पतिमा जसरी विना आधार, विना प्रमाण, विना सुचना, विना पुर्जी कसरी आक्रमण गरयो साहेल सिंहलाई मात्र आक्रमण गरेको हैन, आम नागरिकको अधिकारमा कुण्ठित गरेका हो ।’


महानगरबासीको करबाट महानगर चलिरहेको भन्दै उनले दुख दिने हो भने कर पनि नतिर्ने चेतावनी दिए । ‘महानगरपालिका चलाउन महानगरबासीले ट्याक्स तिरेका छौं । हामीलाई सुविधा दिएन भने हामी ट्याक्स पनि तिर्दैनौं’ सायमीले भने ।


जिम्मेवारी पदमा बसेर संविधान नाघेको भन्दै सायमीले जनताको अधिकार कुण्ठित गर्ने हो भने पदबाट राजीनमा दिनु पर्ने बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex