२३ बैशाख २०८१, आइतबार
Header

बालेनको आरोप– ‘वडाअध्यक्षहरु कर्मचारी बचाउने खेलमा लागे’


प्रकाशित: मंगलवार, १ फागुन २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले महानगरका वडाअध्यक्षहरु आफ्ना पार्टीका कर्मचारी बचाउने खेलमा लागेका बताएका छन । 


मंगलवार महानगरको २८ औं नगर कार्यपालिकाको बैठकमा कर्मचारी निलम्बन प्रकरणमा प्रमुख बालेनलाई प्रश्न गर्दा भएको बहषपछि फेसबुक पेजमा लेखेर सो बताएका हन ।


‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ । कर्मचारी स्वयमले मैले गलत गरेको होु भनेर लिखितरूपमा स्विकारेको पनि थाहा छ । यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल ।’ भनेर उनले लेखेका छन । 


प्रमुख बालेनले यस किसिमको व्यवहारले कर्मचारीको मनोबलमा असर पर्ने बताएका छन । 


उनले लेखेका छन,‘ मेयरले एकलौटी गर्न पाइदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजेको  साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ ।’

उनले गलत कृत्यहरुलाई कार्वाही गर्दा भ्रष्ट, कमिशनखोर कर्मचरीहरुको मात्र मनोबल खस्ने हो, स्वच्छ कर्मचारीहरुको मनोबल झन उँचो हुने बताएका छन । 


उनले भने,‘प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाण्डौ महानगरमा कमि छैन ।’ 


आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? उनले प्रश्न गरको छन । 
जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाण्डौ ? भनी सोधेका छन । 


जनप्रतिनिधीहरुले जनताबाट म्यान्डेट लिएर आउँछन । कर्मचारीहरू संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधीहरूलाई सहयोग गर्छन् । यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले । 


अन्त्यमाउनले लेखेका छन,‘स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा बिडम्बना अर्को के हुन्छ ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन । गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधीहरू कहिँकतै नदेखिउन ।’


महानगरका शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले अधिकारको दुरुपयोग गरेको भन्दै प्रमुख बालेनले छानविन अघि बढाएका छन । यस अघि कामपा १९ वडाकाको स्वास्थ्य विभागमा कर्मचारी नियुक्ती निर्णय हेरफेरको आरोपमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, बालेनको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन ।


तत्कालिन प्रशासकीय प्रमुख महानगरबाट सरुवा भएर मधेशी आयोगमा गएका छन भने उनको स्थानमा प्रदिप परियार आएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD