२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बालेनको अर्को स्टाटस – ‘सिंहदरवार अर्को पालिकामा सार्नुहोस’


प्रकाशित: विहिवार, ३० चैत्र २०७९, १४ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरपालिकाको हितमा काम नगर्ने भए सिंहदरवार सार्न भनेका छन । 


विहिवार उनले आफ्नो फेसबुक पेजमा महानगरको हितमा काम गर्नु कि त सिंहदरवार सिंहदरवार अर्को पालिकामा सार्न सरकारलाई सुुझाव दिएका छन ।


‘कि काठमाडौंको हितमा काम गर्नुहोस ,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस लेख्दै उनले,‘ हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस  । हामीलाई हाम्रो सम्पदा, सस्कृती  , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।’ उनले भने । 


यो सहित प्रमुख बालेनको तेस्रो स्टास हो । 


सरकारले बालेनलाई सचेत गराउने निर्णय गरेको एक दिनपछि सो भनाई राखेका हुन ।


चैत्र २७ गते प्रमुख बालेनले महानगरको काममा सरकारले सहयोग नगरेको भन्दै १४ वटा स्पष्टीकरणसहित सिंहदरवारको फोहोर नउठाएको जवाफ दिएका थिए । 


महानगरले चैत्र २६ गतेदेखि सिंहदरवार, बालुवाटार, राष्ट्रपति निवास लगायत भिआईपी एरियाको फोहर उठाएको छैन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex