काठमाडौं । मिटरव्याजी पीडितहरुलाई प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले भेट्ने भएका छन ।
मंगलवार आन्दोलनरत पीडितहरुले धर्ना दिन प्रधानमन्त्री निवास वालुटार पुुगेपछि उनीहरुको मागलाई सम्बोधन गर्न प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यलय, गृहमन्त्रालय र कानुुन मन्त्रालयका प्रतिनिधिसहितको एक वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङगा छन ।
मिटरब्याज पीडितलाई गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले पनि भेटेका छन ।
पीडितहरूले प्रधानमन्त्रीसँग भेटेरै आफ्नो कुरा राख्ने अडान राखेपछि सहसचिव शर्माले प्रधानमन्त्रीसँग भेट्ने समय मिलाउने आश्वासन दिएका थिए ।
मिटरब्याज पीडितहरू ११ दिन हिँडेर आइतबार काठमाडौं आइपुगेका थिए ।
Categorized in राष्ट्रिय