४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बालिका अपहरणमा संग्लन २ जना पक्राउ, लेनदेनका कारण अपहरण


प्रकाशित: शुक्रवार, ११ माघ २०७५, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । राजधानीको थापाललिस्थित प्रसुति गृहकी चिकित्सक डा. बविता शाहकी छोरी सन्दिज्ञा कर्णको अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुर उपमहानगरपलिका वडा नं. ४ की अर्चना गुप्ता र बाबु श्रेष्ठ रहेका छन । 


शाहकी छोरी २ वर्षीया सन्दिज्ञा कर्णको शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित घरबाटै जनकपुरका मनिषकुमार गुप्ताले अपहरण गरेका थिए । 


डा. शाह र गुप्ताविच लेनदेनको कारण अपहरण भएको हुन सक्ने प्रहरी आशंका रहेको छ । 


बालिका अपरहण भएलगतै अपहरणकारी गुप्ताकी श्रीमतिलाई एक लाख ५० हजार रुपिया जनकपुर पठाएपछि बालक अपहरण मुक्त गरिएको थियो । 


प्रहरीले अपहरणकारी गुप्ताको खोजी कार्यको लागि प्रहरी परिचालन गरेका छने भने पक्राउ परेको दुई जनालाई अनुसन्धान गरिरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex