८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

बालाजु र गौरीघाटमा नेविकको आउटलेट, ३० प्रतिशत छुट


प्रकाशित: मंगलवार, १९ साउन २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा फ्याक्ट्री आउटलेट स्थापना गरेको छ । 


नेविको प्रा.लि.ले उत्पादान गरेको बिस्कुट‚प्रिमियम कुकिज‚चकलेट (क्यान्डिज), कर्न फ्लेक्स, चोकोस, ओट्सहरु आउटलेटमा पाईने छ । 


आउटलेटको उद्योगका महाप्रवन्धक केशव भट्टराई र कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा उद्घाटन गरे । यो आउटलेट विहान ७ बजेदेखि ७ बजेसम्म खुल्नेछ ।


नेबिकोले यस अवसरमा आफ्ना उत्पादनमा ३० प्रतिशतसम्म छुट दिने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक रौनियारले स्वदेशी उत्पादनलाई बढावा दिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे ।

 


 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika