२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बालाजु बाईसधारमा मेला, भक्तजनहरुो भीड (फोटो फिचर)


प्रकाशित: शुक्रवार, ६ बैशाख २०७५, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । बालाजुस्थित बाईसधारमा आज विहानैदेखि स्नान गर्न आउने भक्तजनहरुको भीड लागेको छ । 


प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मला लाग्ने गर्दछ । 


मेलामा काठमाडौँ उपत्यकासँगै त्यस वरपरका क्षेत्रबाट स्नान गर्न आइपुगेका भक्तजनहरुले स्नान गरी नारायण मन्दिरमा दर्शन गरेमा मुक्तिनाथ र गोसाइकुण्ड बराबर पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ । 


यहा स्नान गरेको खण्डमा लुतोलगायत चर्म रोग निको हुनकासाथै शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।


नेपाल संवत ८७५ (विसं १८१२) मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ ढुंगेधारा स्थापना गराएकामा पछि विसं १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन पुगेको बताइन्छ ।

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex