काठमाडौँ । विष्णमति करिडोरको करीब ६ किमी सडकको काम अहिलेसम्म नसकिँदा स्थानीयवासी समस्यामा परेका छन ।
सो सडक अन्तर्गत बालाजु–टेकुको बाटो प्रयोग गरी खानेपानी ल्याउन समस्या हुँदा स्थानीयवासीहरु खानेपानी नपाएर समस्यामा परेको महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धरले बताए ।
डल्लु पुलबाट टेकुपुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान बाध्य भएका छन यतखिेर । काठमाडौँ महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठका अनुसार यसरी साना सडकहरु पनि अवरुद्ध हुन थालेपछि यात्रुहरु अप्ठेरोमा पर्न बाध्य भएको छ ।
भूकम्प अघिनै कालोपत्र गर्न ठेक्का पाएको यस सडकको चौडाइ ८.५, सडकको पूर्वतिर पैदलमार्ग १.५ मिटर र नदीतिर बगैँचा बनाउनुपर्ने थियो तर अझै निर्माण भएन ।
यो सडकले नदी पूर्वतिर महानगरपालिकाको १८, १९ र २० वडालाई छुन्छ । पूर्वतिरको भागको बाटो हाल अवरुद्ध रहेकाले धेरै समस्या भएको जनप्रतिनिधिको गुनासो छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कोरिडोर निर्माणको ठेक्का लगाएको हो । विसं २०७१ मा समितिले लुम्बिनी, गौरी पार्वती, कन्टेक जेभीलाई रु ६७ करोडमा ठेक्का दिएको थियो ।
सो आयोजनाको हालसम्म दुई पटक म्याद थपिएको बताउने इन्जिनियर इन्द्र श्रेष्ठले आउँदो असारसम्म ९० प्रतिशत काम सकिने बताएका छन ।
तर जनप्रतिनिधिहरुले ठेकेदारले स्थानीयवासीहरुलाई झुलाउने काम गरिरहेको गुनासो गरेका छन ।
Categorized in समाज