१७ बैशाख २०८१, सोमबार
Header

बालाजुुबाट कलंकी आईरहेको बसको ठक्करबाट बाइकमा सवार २ जनाको मृत्यु


प्रकाशित: आइतवार, ३ भाद्र २०८०, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको स्वयम्भु नजिकै एक स्थानमा यात्रुुबहाक वसको ठक्करबाट वाईकमा सवारी दुई जनाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार बालाजुबाट कलंकीतर्फ आईरहेको ना ५ ख ५०९२ नम्बरको बसले बा.२–०३७ प०७५५ नम्बरको बाईकलाई ठक्कर दिँदा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापाको मृत्यु भएको हो । 


आईतवार बिहान साढे ७ बजेतिरको समयमा सो घट्ना हुन पुुगेको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते दुुवैलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल र्पुयाइएको केहीबेरमा मृत्यु भएको थियो । 


मोटरसाइकलमा सवार अर्का १० वर्षीया अनिशा थापा घाईते भएकी छिन हाल उनकोे स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छन ।


मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका–७ घर भई बस्ने बर्षीय ४१ बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD