काठमाडौं । काठमाडौंको ऐतिहासिक महत्व बोकेको बालाबाइसधारामा विशेष मेला लागेको छ ।
शनिवार बालाजुस्थित बाइसधारामा प्रत्येक वर्ष चैत शूक्ल पूर्णिमाका दिन यो मेला लाग्छ ।
मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा मेला हेर्न आएका छन ।
बाइस वटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएका रोगब्याधी सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्छन ।
तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउँछ ।
तस्वीरः रासस
Categorized in सम्पदा/संस्कृति