काठमाडौं । पानी बोक्ने ट्याङ्करको ठक्करबाट मंगलवार बालाजुमा एक साईकल यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा २ ख ५१७७ नम्बरको पानी ट्याङ्करले बिहान पौने १० बजे तार्केश्वर नगरपालिका डाँडागाँउको सडकखण्डमा साइकल यात्रुलाई ठक्कर दिएको हो ।
ठक्करबाट काभ्रेका ५० वर्षीय विष्णु प्रसाद चौलागाईंको उपचारको क्रममा ग्रिन सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएका छन ।
प्रहरीले पानी ट्याङकर चालक ओखलढुङ्गाका २१ वर्षका गणेश गजुमेरलाई नियन्त्रणमा लिएको छ ।
Categorized in समाज