१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बालाजुमा एक महिलाले आफ्‌नो शरिरमा लगाइन आगो


प्रकाशित: मंगलवार, १६ बैशाख २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । बालाजुस्थित जागृती टोलमा बस्दै आएकी ४५ वर्षीया एक महिलाले आफ्नो शरीरमा आफै आगो लगाएको प्रहरीले बताएका छन । 


प्रहरीका अनुसार राती पौने ९ बजेतिर घरयासी विवाद हुँदा ती महिलाले शरिरमा आगो लगाएको प्रहरीको भनाई छ । 


शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।


’उहाँको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ। शरीरको २५ प्रतिशत भाग जलेको छ,’ एसपी बोहराले भने, ’विवादको कारण हामीले सोधपुछ गरिरहेका छौं।’


घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex