१६ चैत्र २०८०, शुक्रबार
Header

बालाजुबाट १६ लाख नगदसहित २ जना पक्राउ


प्रकाशित: शनिवार, १७ बैशाख २०७९, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बालाजुबाट स्रोत नखुलेको १६ लाख नगदसहित २ जना पक्राउ परेको छ । 


शनिबार बिहान उनीहरुलाई माछापोखरी कुमारीस्थानस्थित सडकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । 


प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–११ घर भई तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर जादव पक्राउ परेका हुन । 


उनीहरूमाथि प्रहरी बृत्त बालाजुले थप अनुसन्धान अघि बढाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD