१७ बैशाख २०८१, सोमबार
Header

बालसुधार गृह तोडफोड गरी भागेका २६७ जना प्रहरी नियन्त्रणमा


प्रकाशित: सोमवार, ४ भाद्र २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृह तोडफोड गरी भागेका २६७ जनालाई प्रहरीले काठमाडौ र भक्तपुरको विभन्न स्थानबाट पक्राउ गरेको छ । 


भागेका मध्ये बाँकी ३१ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । 


बाल सुधार गृहमा २९८ जना बालबालिका थिए । जसमा २५५ जना बालक र ४३ जना बालिका छन । १८ वर्षभन्दा मुनिका १३१ जना र १८ वर्ष माथिका १६७ जना छन ।


आइतबार सुधारगृहमा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतकोे मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । 


प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD