१३ बैशाख २०८१, बिहिबार
Header

बालवालिकालाई दशैपछि खोपः राज्यमन्त्री श्रेष्ठ


प्रकाशित: आईतवार, १७ असोज २०७८, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँपछि १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन ।


मन्त्री श्रेष्ठले बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेकोले दशै लगत्तै उनीहरुलाई खोप लगाईने जानकारी दिए । 


आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन । 


यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले सो अवसरमा बताए । कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि जानकारी दिए । 


बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।


फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै आएकोले तेस्रो लहर आउनसक्ने सम्भावनालाई मध्यनजार गर्दै पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए ।


फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD