१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरद्ध पक्राउ पुर्जी जारी


प्रकाशित: विहिवार, २७ बैशाख २०८१, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


करिब २७ वर्ष नेपाल बाल संगठनका अध्यक्ष रीता सिंह वैद्यसहित पक्राउ पुर्जी जारी गरेको हो । 


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

 
२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको अनुसन्धानबाट देखिएको थियो ।


पक्राउ पुजी जारी भएकाहरुमा नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह, तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ ्र तत्कालिन महासचिव श्री गणेश भक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह रहेका छन । 


त्यसैगरी, तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ,तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल,  तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, महासचिव प्रचण्डराज प्रधान , तत्कालिन महासचिव रामकाजी कोने, उपाध्यक्ष योगेन्द्र बहादुर शाही, तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ रहेका छन । 


वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी, संचालक प्रविण राज जोशी, संचालक मुरारी निधि तिवारी ।
बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।


बृहस्पति विद्यालय व्यवस्थापन प्रा।लि (बृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई, बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया, संचालक सिद्धार्थ केडिया, संचालक किर्ति प्रसाद पाण्डे छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex