१५ बैशाख २०८१, शनिबार
Header

बालमन्दिरको जग्गा निजी स्कुललाई ५१ बर्षको लागि भाडामा


प्रकाशित: सोमबार, २३ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । बाल मन्दिरको जग्गा निजी स्कुललाई भाडामा दिएर प्रक्रिया मिचेको खवर आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ । 


५१ बर्षका लागि बृहस्पती शिक्षा सदनलाई भाडामा दिएको सो विवादित जग्गामा धमाधम भवन निर्माण भईरहेको छ ।


१३ रोपनी १२ आना १ पैसा क्षेत्रफल ओगटेको यस जग्गा स्कुललाई प्रक्रिया मिचेर भाडामा दिएको विषयमा संसदीय समितिले महिला, बालवालिका तथा जेष्ठ मन्त्रालयलाई छानविन गर्न निर्देशन दिएको थियो । 


तर मन्त्रालयले छानविन नगरी उल्टै अनियमिततालाई ढाकछोप गरेको देखिएको समाचारमा उल्लेख गरिएको छ । 


बाल मन्दिरले सदनलाई २०५९ सालमा ३० बर्षको लागि भाडामा सम्झौता अनुसार २०८९ मा सकिन र फेरि पुरक सम्झौताका ३८ बर्ष सकिँदा सदनले वि.स. २११७ सालसम्म उपभोग गर्न पाउनेछन । 


जग्गा भाडा प्रकरणमा विवादमा प्रधानमन्त्री कार्यलय, अख्तियार दुरुपयोग आयोगन अनुसन्धानदेखि राष्ट्रिय सतर्कता केन्द्रले समेत चासो देखाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD