१५ बैशाख २०८१, शनिबार
Header

बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु


प्रकाशित: आईतबार, १ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । ऐतिहासिक सम्पदा रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । 


निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सनले यसअघि राखिएको ‘कङ्क्रिटको टाइबिम’ फुटाएर फलामे रड निकाल्न थालिएको छ । 


मूल मन्दिर वरिपरि त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको ‘प्यासेज’ पुनःनिर्माण थालिएको कम्पनीले जनाएको छ । 


सीए÷तुलसी कन्स्ट्रक्सन जेभीका इञ्जिनीयर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकले काम गरिरहेको जानकारी दिदैँ रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको बताए । 


मुख्य मन्दिरको पुनःनिर्माण भने क्षमापूजा गरेपछि गरिने श्रेष्ठले बताए । निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैँचा पुनःनिर्माण गर्नेछ । 


उपभोक्ता समितिले पोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माणको जिम्मेवारी पाएको छ । उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ । 


पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ । भक्तपुरका दक्ष कालिगढद्वारा पोखरीमा पानी अड्याउन कालो माटो राख्ने काम भइरहेको छ । प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढको सङ्ख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD