१५ बैशाख २०८१, शनिबार
Header

बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन 


प्रकाशित: विहिवार, १५ असोज २०७७, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । रानीपोखरीको विचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको छ ।


बिहीबार सुनको लेपन भएको गजुर पुजा पाठ गरी प्रतिस्थापन गरिएको हो । 


२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 


यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।


कुल उचाई ६ फुट १० इन्च मन्दिरको शिरमा रहेको गजुरको ताम्रपत्रमा सुनको लेपन लगाएर तयार गरिएको हो । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालका अनुसार मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताए ।


मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलोग्राम ताम्रपत्र प्रयोग गरेर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD