३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बालक अपहरण गरी हत्या गर्नेलाई समात्न गोली प्रहार


प्रकाशित: बुधबार १४ जेठ २०७६, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले वीगरगन्जका ८ बर्षिय बालक करण साहको हत्यामा संग्लन २ जनालाई पक्राउ गर्न गोली चलाएको छ ।


वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय साहको हत्यामा संलग्न भारतीय नागरिक विकास शर्मा र बाराका सिकेन्द्र साहलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको हो । 


बुधवार विहान बाराको खौराही खोलामा बालकको शव पहिचान भइरहँदा दुवै जना भाग्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


उनीहरु दुबैको घुँडामा गोली घाईते भएको छ । उनीहहरुवीरगञ्ज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


त्यसैगरुी बालक अपहरण र हत्यामा संलग्न बारा कलैया–११ का रामविनेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । बालक साहको जेठ १० गते अपहरण भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex