४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बालक अपहरणपछि हत्यामा संग्लन सार्की जेल चलान


प्रकाशित: मंगलवार, १० पुष २०७५, १०ः१५ बजे
- महानगरखबर

काठमाडौं । गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका ८ बर्षिय छोरा प्रयासको अपहरपछि हत्यामा संग्लन महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ । 


गत मङ्सिर ११ गते सार्कीले प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि एक झोलामा हालेर फालेका थिए । 


महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेश भएकामा अदालतको आदेशानुसार सार्कीलाई केन्द्रीय कारागार चलान गरिएको जानकारी दिए  ।


बालक प्रयासको शव महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्सिर १३ गते सामाखुशी म्हैपी पुलमुनि भेटाएको थियो । 


सार्की सोही गेष्ट हाउसका चालक थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex