काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास वालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएको छ ।
वालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन ।
वालुवाटार बैठकमा प्रचण्डको प्रधानमन्त्री बन्ने चाहानमा ब्रेक लागेपछि उनी सिधै ओली निवास पुुगेका थिए । बैठकमा लामो छलफलपछि प्रधानमन्त्रीको दावी गर्न प्रचण्ड राष्ट्रपति भण्डारी समक्ष पुुगेका थिए । प्रचण्ड सरकारलाई नयाँ गठबन्धनको १६९ सांसदको समर्थन छ ।
नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र स्वतन्त्रको ३ गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन ।
उनीसँगै एमाले अध्यक्ष ओली पनि शितल निवास पुुगेका थिए ।
उनी यसअघि प्रचण्ड २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।
प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका छन । भोली ४ बजे शितल निवासमा सपथ ग्रहणको कार्यक्रम रहेको छ ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय