४ भाद्र २०८३, बिहिबार
Header

बालकोटमा टिपरको ठक्करबाट एकको मृत्यु


प्रकाशित: विहिवार, ६ मंसिर २०७५, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका– २ स्थित बालकोटमा गएराती टिपरको ठक्करका एक मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 


ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमि संचारशाखाले जानकारी दिएको छ । 


तीब्रगतिमा आएको टिपरले बालकोट हँुदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । 


महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिकबारे खोजी कार्य गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex