२४ बैशाख २०८१, सोमबार
Header

बालकृष्ण खाँणलाई रिहा गर्न उच्च अदालतको आदेश


प्रकाशित: विहिवार, २८ मंसिर २०८०, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएको छ । 


काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता खाँणलाई बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले रिहा गर्न आदेश दिएको हो । 


अदालतले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको छ ।  


खाँण यतिखेर केन्द्रीय कारागार सुन्धारामा रहेकोले धरौटी बुुझाउने प्रक्रिया ढिलो हुने भएकोले भोली मात्र रिहा हुनेछ । 


यसअघि १५ मंसिरमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय दिन सकेको थिएन ।


खरेलले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने राय दिएका थिए भने न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा राय दिएका थिए । 


बिहीबार न्यायाधीश कोइरालाले विभिन्न ६ वटा आधार देखाउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नताको अवस्था देखिएको भन्न नमिल्ने भन्दै धरौटीमा रिहा गर्ने आदेश दिएका हुन ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD