१८ बैशाख २०८१, मंगलबार
Header

बालकुमारी झडपका घाईते दुुई युवकको मृत्यु


प्रकाशित: शुक्रवार, १३ पुस २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रवार दिउँसो प्रहरीसँग भएको झडपमा घाईते अर्का युवकको पनि उपचारको क्रममा मृत्यु भएको छ ।


पाटन अस्पतालमा उपचाररत घाइते वीरेन्द्र शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । यस अघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।


कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । 


पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । 


पानी जहाज सम्बन्धी कम्पनीमा परीषामा अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत गएका थिए ।


ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD