१७ बैशाख २०८१, सोमबार
Header

बालकुमारी घट्ना छानविन गर्न समिति गठन


प्रकाशित: शुक्रवार, १३ पुस २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।


शुक्रवार भएको सो घट्नाको छानविन गर्न गृह मन्त्रालयद्वारा बालकुमारी घटनाको छानबिन समिति गठन गरेको हो । 


डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन । उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।


कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान सातदोबाटो क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो ।


बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएपछि भएको झडपमा घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD