१८ बैशाख २०८१, मंगलबार
Header

बालकुमारी घट्नापछि बसेको मन्त्रिपरिषद बैठकले गरे यी निर्णयहरु 


प्रकाशित: शनिवार, १४ पुस २०८०, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार ललितपुरको बालकुमारीमा २ जना युवकको ज्यान जाने गरी भएको घट्नापछि शनिवार आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बस्यो । 


मन्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका २३ बर्षिय सुजन राउत र २२ बर्षिय बीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।


बैठकले घाइतहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन । 


बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ ।


शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई बैठकले निलम्बन गर्ने निर्णय पनि गरेको थियो । 


यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई पनि प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तान्ने निर्णय गरेको थियो । 


बैठकले ईपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई पनि जिम्मेवाारीबाट हटाउने निर्णय गरेको छ । 


शुक्रबार दिउँसो इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेपछि बनेको तनावग्रस्त स्थितीलाई नियन्त्रणमा लिने सो क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD