२४ बैशाख २०८१, सोमबार
Header

बालकुमारी घट्नाको प्रतिवेदन बुझायो, २९ जनाको बयान समेटिएको


प्रकाशित: शुक्रवार, ४ फागुन २०८०, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीले २ जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले प्रतिवेदन बुझाएको छ ।


शुक्रवार उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रतिवेदन अयोगका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलसहितको टोलीले बुझाएको हो । 


ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।


सो घट्नको जाँचबुझको लागि नेपाल सरकार (मन्त्रिपरिषद्) ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो ।


आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो ।


आयोगका अध्यक्ष पौडेलका अनुसार घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवन अन्य समेत गरी २९ जनाको बयान गरेर प्रतिवेदन तयार पारिएको हो ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD