१८ बैशाख २०८१, मंगलबार
Header

बालकुमारी घट्नाका मृतक परिवार र सरकारविच यस्तो सहमति 


प्रकाशित: सोमवार, १६ पुस २०८०, १८ः५३ बज
- महानगरखबर

काठमाडौं । बालकुमारी घट्नामा ज्यान गुमाएका परिवारहरु र सरकार विच ४ बुँदे सहमति भएको छ ।


सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच मृतका परिवारलाई रोजगारी दिने, १०/१० लाख क्षति पुर्तिमा थप राहत दिने लगायत थप सहमति भएको हो । 


वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । 


सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ ।


सहमति पत्रमा मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने कुरा उल्लेख छ । 


मृतकका परिवारले सोमबार नै शव बुझ्ने र शबलाई सम्बन्धित जिल्लामा र्पुयाउने प्रबन्ध गृह मन्त्रालयले नै गर्ने सहमति भएको हो । 


सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा सांसदहरुको रोहबरमा सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकको परिवारका तर्फबाट वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह, सुजनका मामा टेकबहादुर कटुवालले सहमपित्रमा हस्ताक्षर गरेका छन ।


पुस १३ गते ललितपुरको बालकुमारी स्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछामका २२ बर्षिय वीरेन्द्र शाह र दैलेखका २३ बर्षिय सुजन रावतको मृत्यु भएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD