काठमाडौं । जारजरकोट जिल्लाको बारेकोटमा नुन खानी भेटिएको छ ।
बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको भेटिएको देशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले बताएका छन् ।
सभासद सिंहका अनुसार खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको थियो ।
खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा पाईएको थियो । सो पानीको जाँच काठमाडौस्थित वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टरमा गरिएको थियो ।
बारेकोटमा नून निकाल्न सके देशलाई नूनमा आत्मनिर्भर बनाउन सकिने अधिकारीहरुले बतएका छन् ।
Categorized in राष्ट्रिय