काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा महागढीमाई नगरपलिकाका एक वडा अध्यक्षलाई घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई २ लाख ४७ हजार घुससहित पक्राउ गरेका हो ।
उनले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्ने बेला बरैले घुस मागेका थिए ।
अख्तियारामा घुस बारे उजुरी परेपछि अख्तियारको हेटौंडा कार्यालयबाट गएको टोलीले वडाध्यक्ष बरै र मसहर बैठालाई पक्राउ गरेको हो ।
Categorized in समाज