काठमाडौं । हावाहुरीको वितण्डाले सताएको बारामा फेरि हावाहुरुले मंगलवार विहान वितण्डा मच्चाएको छ ।
दुई साता अघि २७ जनाको ज्यान जाने गरी आएको हावाहुरीले बाराको जनजीवन प्रभावित बन्न पुगेको छ ।
हुरीले एसईईका परिक्षामा अवरोध पुगेको छ भने असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।
आज आएको हुरीले करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाउनुका साथै गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुराएको छ ।
हुरीले सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ ।
Categorized in समाज